अन्तर्राष्ट्रिय
ओमिक्रोन नियन्त्रण गर्न भन्दै नेदरल्याण्डमा लकडाउन
०

काठमाडौँ, पुस ४-
कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रण गर्न भन्दै आजदेखि युरोपेली मुलुक नेदरल्याण्डमा लकडाउन लगाइने भएको छ ।
शनिबार नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टेले पत्रकार सम्मेलनमा सोचेको भन्दा तीव्र गतिमा ओमिक्रोन फैलिएको भन्दै आइतबार बिहान ५ बजेदेखि अत्यावश्यक बाहेक सबै पसल, बार, सिनेमा घर, म्युजियम र नाटकघर जनवरी १४ सम्म लकडाउन लगाइने घोषणा गरेका छन् ।
लकडाउन लागेसँगै जनवरी १४ गतेसम्म घरभित्र र बाहिर हुने जमघटमा २ जनाभन्दा मानिस फेला हुन पाउने तर क्रिसमस र नयाँ वर्षमा भने ४ जनासम्म जम्मा हुन पाउने उनले बताए ।
त्यस्तै डेढ दिनदेखि ३ दिनभित्रमा यसका संक्रमित दोब्बरले बढेको संगठनको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























