अन्तर्राष्ट्रिय

क्यानडाद्धारा बेजिङ विन्टर ओलम्पिकको कुटनीतिक बहिष्कार

Banner

एजेन्सी ।

अमेरिका, यूके र अस्ट्रेलियापछि अब क्यानडाले पनि बेजिङ विन्टर ओलम्पिकको कुटनैतिक बहिष्कार गर्ने निर्णय लिएको छ। क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले सो घोषणा गरेका छन्।

ट्रूडोले भनेका छन्, हाम्रो सरकारले सहयोगीहरू संग यसबारे चर्चा गरिरहेको छ। चीनीया सरकारद्वारा बारम्बार मानवाधिकारहरूको उल्लङ्घनले हामी अत्यन्तै चिन्तित छौं। यसलाई मध्यनजर राखेर बेइजिङमा हुन गईरहेको विन्टर ओलम्पिकमा आफ्नो राजनयिक प्रतिनिधिहरूलाई पठाउनेछैनौ।

यसअघि अमेरिका र अस्ट्रेलियाले ओलम्पिक गेम्सको बहिष्कार गर्ने घोषणा गरेका थिए। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले यो निर्णय राष्ट्रिय हितमा लिइएको बताएका थिए।

चीन र क्यानाडाबीचको सम्बन्ध २०१८ देखि खराब भएको थियो, जब क्यानाडाले अमेरिकाको प्रत्यर्पण अनुरोधमा हुवावे टेक्नोलोजीका मुख्य वित्तीय अधिकारी एवं कम्पनीका संस्थापककी छोरी मेङ वाझोउलाई पक्राउ गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>