चितवन विशेष
भरतपुरबाट २५ वर्षीय युवती दुई दिनदेखि वेपत्ता,खोजी गरिदिन परिवारको आग्रह
०

चितवन,पुस ३-
चितवनको भरतपुरबाट २५ वर्षीय युवती दुई दिनदेखि हराएकी छन । भरतपुर महानगरपालिका ७ कृष्णपुर (सरदकृष्ण टोल) की २५ वर्षीय युवती रबिना आले (बन्दना) हराएकी हुन् ।
यही पुस १ गते बिहान ४ बजे घरमा कसैलाई नभनी निस्किएको नेपाल मगर संघ भरतपुर ९ सदरपुर गुठी अध्यक्ष मिना थपा मगरले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । उहाँले प्रहरी र आफन्त सबैलाई खबर गरिसकेको भन्दै सर्वजनिक सूचना मार्फत अन्य जनसमुदायलाई पनि जानकारी गराइएको बताउनुभयो ।
हरियो हुट, हल्का निलो सुरुवाल, पछाडि पहेलो व्याग भिरेकी गहुँगोरो वर्णकी, ५ फिट उचाई भएकी दाहिने खुट्टा हल्का लतारेर हिड्ने, हल्का लरबरिएको बोली,हाँसेर बोल्ने यवती कोही कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा आमा तारा आलेको फोन नम्वर ९८४५३२७४४९ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























