अन्तर्राष्ट्रिय

जापानको एक भवनमा आगलागी हुँदा दर्जनौंको मृत्यु भएको आशंका

Banner

काठमाडौँ, पुस २-

शुक्रबार जापानको ओकाशाको शपिङ एवं मनोरञ्जन क्षेत्रस्थित ८ तले भवनमा आगलागी हुँदा दर्जनौंको मृत्यु भएको आशंका गरिएको छ ।

जापानको समाचार माध्यम एनएचकेको अनुसार उक्त भवनको ४ औं तलाबाट आगलागी सुरु भएको हो ।

आगलागीलत्तगै ओशाकाको मध्य भागमा अवस्थित किटावार्डमा कैयौं अग्निनियन्त्रक बोलाइएको र ३० मिनेटभित्रै आगो नियन्त्रणमा आएको थियो ।

एनएचकेका अनुसार २८ जना गम्भीर घाइते भएका छन् । त्यस्तै गम्भीर घाइते भएका मध्य अधिकांशको मुटु र फोक्सोले काम नगरेको कारण मृत्यु भएको अनुमान गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>