देश/प्रदेश

पुस ६ गतेदेखि बूढानीलकण्ठका १० हजार विद्यार्थीको निःशुल्क मुटुको स्क्रिनिङ् गर्ने

Banner

काठमाडौँ, पुष १-

शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रले बूढानीलकण्ठ नगरपालिकाका क्षेत्रका बालबालिकाको निःशुल्क मुटुको स्क्रिनिङ् (परीक्षण) गर्ने भएको छ ।

केन्द्रले बूढानीकलण्ठ नगरपालिकाको सहकार्यमा पाँचदेखि १५ वर्ष उमेरसमूहका विद्यार्थीको मुटुको स्क्रिनिङ् गर्ने भएको हो ।

केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले बालबालिकामा लाग्ने बाथ मुटुरोग कतिको छ भनेर परीक्षण गर्नका लागि मुटुको स्क्रिनिङ्ग गर्न थालिएको बताउनुभयो । उहाँका अनुसार सामुदायिक विद्यालयमा अध्ययनरत् १० हजार विद्यार्थीको मुटुको स्क्रिनिङ गर्न थालिएको हो । “बाथमुटुको रोग कति छ भनेर हेर्नका लागि हामीले परीक्षण गर्न थालेको हौं”, उहाँले भन्नुभयो, “आगामी सोमबार (यही पुस ६ गते) देखि विद्यालयमा नै गएर हामीले बालबालिकाको मुटुको परीक्षण गर्ने छौं ।”

उहाँले बालबालिकामा बाथ मुटुरोगको समस्या देखिने भएकाले स्क्रिनिङ् गर्न थालिएको बताउनुभयो । सामुदायिक विद्यालयबाट १० हजारको विद्यार्थी नपुगेको खण्डमा निजी विद्यालयका विद्यार्थीको पनि परीक्षण गर्ने उहाँले बताउनुभयो । केन्द्रका मुटुरोग विशेषज्ञ डा कुन्जन शेर्पाको संयोजकत्वमा १२ जना टोली बनाएर प्रत्येक विद्यालयमा गई विद्यार्थीको मुटुको परीक्षण गरिने छ ।

खेलाडीको पनि स्क्रिनिङ् गर्दा दुई जनामा मुटुको समस्या

यसअघि केन्द्रले अखिल नेपाल फुटबल महासङ्घ ९एन्फा०सँग मिलेर फुटबलका राष्ट्रिय खेलाडीको मुटुको अवस्थाको परीक्षण गरेको छ । उहाँले २०० जना खेलाडीको फुटबल खेल्नुभन्दा अगाडि मुटुको परीक्षण गरिएको बताउनुभयो । “फुटबल खेल्नु भन्दा अगाडि खेलाडीको मुटुको अवस्था कस्तो छ । खेल्न सक्छन् कि सक्दैनन् भनेर हामीले मुटुको परीक्षण ग¥यो” उहाँले भन्नुभयो, “परीक्षण गर्दा एक जनामा बाथमुटु रोग लागेको र अर्को एक जनाको मुटुमा प्वाल परेको थियो । ती दुई जना उपचारपछि घर फर्किसकेका छन् ।”

दुई जनामध्ये एकजना पुनः फुटवल खेलिरहेका र अर्का एक जना तीन महिनापछि फुटबल खेल्न सक्ने उहाँले बताउनुभयो । मुटुको रोगका कारणले खेल्न सक्छ वा सक्दैन भन्ने परीक्षण गरिएको उहाँको भनाइ थियो ।

यस्तै केन्द्रले २०० शय्याको बालमुटु शय्या बनाउन थालिएको उहाँले जानकारी दिनुभयो । “डिजाइनको काम सुरु भएर निर्माणको प्रक्रियामा रहेको छ,” उहाँले भन्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>