Breaking News

चितवनमा वर्षेनी सुन्तला उत्पादन घट्दै, किसान चिन्तित

  • Logo
    app haru
  • १ पुस २०७८, बिहिबार
Banner

हिरालाल अचार्य ‘डायमण्ड’

चितवन, पुष १ –
चितवनमा वर्षेनी सुन्तला उत्पादन र उत्पादकत्व दुबै घट्दै गएको छ । कृषिको उर्वर भूमि चितवनमा सुन्तला खेती पनि राम्रै हुने गर्दथ्यो ।

तामिनको सुन्तला भनेपछि प्रख्यात छ । तामिनको सुन्तला भन्ने बित्तिकै ग्राहकहरु आकर्षित हुने गर्छन् । ठूला दाना, ठूला केस्रा भएको र प्रत्येक सुन्तलामा दुई वटा पात हुने तामिनको सुन्तला देख्दै मन लोभ्याउने खालको हुने गर्छ । पहाडी क्षेत्रले ओगटेको चितवनको इच्छाकामना गाउँपालिका र भरतपुरमहानगर पालिका–२९ मा सुन्तला खेती हुने गर्छ । यो गाउँपालिका र वडामा अन्य अन्नबाली उत्पादन खासै हुँदैन । यहाँको किसानको आयस्रोत सुन्तला खेती हो ।

तर सुन्तला खेतीको उत्पादन र उत्पादकत्व पनि वर्षेनी घट्दै गएको छ । जसले गर्दा यहाँका किसान चिन्तित बनेका छन् ।

कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मिनबहादुर पुनका अनुसार चालु आर्थिक वर्ष ०७८/७९ मा करिब ८१२ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । जिल्लाभर कुल १२५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । यस वर्ष सुन्तलाको उत्पादकत्व ६.५ मेट्रिक टन प्रति हेक्टर रहेको छ ।

गत वर्ष सोही क्षेत्रफलमा करिब ९३७ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने उत्पादकत्व ७.५ मेट्रिक टन प्रति हेक्टर थियो । आव ०७६÷७७ मा करिब ११०१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने उत्पादकत्व ८.८१ प्रति हेक्टर थियो । आव ०७५÷०७६ मा करिब ११५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने उत्पादकत्व ९.२ मेट्रिक टन प्रति हेक्टर रहेको सूचना अधिकारी पुनले जानकारी दिए ।

उत्पादन घ्टनुका मुख्य कारणहरुमा पूराना बोट, बगैंचा व्यवस्थापनको कमी, सिंचाईको अभाव, राज्यको उचित ध्यान नजानु, गाउँपालिकाबाट कुनै बजेट विनियोज नहुनु र सुन्तला ब्लक कार्यक्रम समेत लकडाउनका कारण प्रभावित हुनु रहेको पुन बताउँछन् ।

इच्छाकामना गाउँपालिकाको ३ र ५ मा अत्याधिक सुन्तला उत्पादन गर्ने गरिन्छ । इच्छाकामनाका तामिन, दारेचोक, दाहाखानी, काउले, चण्डिभन्ज्याङ सुन्तला खेतीको लागि प्रख्यात छन् । किसानहरु विभिन्न सहकारीमा आवद्ध भएर सुन्तला खेती गरिरहेका छन् ।

अधिकांश किसानहरुले सुन्तला बेच्दा ठेकेदारलाई बोट नै बेच्ने गरेका छन् । कृषि ज्ञान केन्द्रका योजना अधिकृत उमराज अर्यालका अनुसार बोट नै बेच्दा किसानलाई औसतमा प्रति केजि ७० रुपैयाँ जति आम्दानी हुने गर्छ । तर बजारमा इच्छाकामनाको सुन्तला ११० देखि १३० रुपैयाँ प्रति केजीमा बिक्री भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>