चितवन विशेष
चौथो राष्ट्रिय झण्डा दिवसः चौविसकोठीमा फहराईयो राष्ट्रिय झण्डा

चितवन, पुस १–
चितवनमा आज (शुक्रबार) चौथो राष्ट्रिय झण्डा दिवस मनाईएको छ । भरतपुर–१०, स्थित चौविसकोठी चोकमा राष्ट्रिय झण्डोत्तलन गर्दै दिवस मनाईएको हो ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले झण्डोलत्तन गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारी, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले युवाहरुले झण्डा दिवसको अवसरमा चौविसकोठीमा झण्डात्तोलन गरि राम्रो कामको सुरुवात गरेको बताइन् । उनले गतवर्ष पनि आफू झण्डात्तोलन कार्यक्रममा सहभागि हुने प्रयास गरेपनि विविध कारणले उपस्थित हुन नसकेको भन्दै यसपटक सहभागिता जनाएर युवाहरुलाई हौसला प्रदान गरेको बताइन् ।
साथै महानगर प्रमुख दाहालले युवाहरुलाई चौविसकोठी क्षेत्रलाई राम्रो बनाउन युवाहरुलाई हातेमालो गर्न आग्रह समेत गरिन् । उनले महानगरको विकासमा महानगरले मात्र चाहेर संभव नहुने भन्दै सबै क्षेत्र, तहबाट उत्तिकै सहयोगको आवश्यकता रहेको औल्याईन् ।
कार्यक्रममा बोल्दै उपप्रमुख शाहले चौविसकोठी चोकमा झण्डा फहराएर युवाहरुले सह्रायिन कार्य गरेको बताइन् । उनले युवाहरुको साथमा महानगर सधै प्रतिवद्ध रहने भन्दै राम्रो कामका लाग हातेमालो गर्दै अघि बढ्नुपर्ने बताइन् ।
चौविसकोठी क्षेत्रमा हेल्प फर ह्यापिनेस नामक युवाहरुको संस्थाले भरतपुर महानगरसंग मिलेर झण्डा फहराएको हो । सो कार्यक्रममा बेटर चितवन र शुभ वेडिङले सहकार्य गरेका थिए ।
























