देश/प्रदेश

रुखबाट लडेर घाइते भएका शेर्पालाई एनआरएनए सेसेल्सको सहयोग

Banner

काठमाडौँ, मंसिर २९–

रुखबाट लडेर मेरुदण्ड भाचिएका पासाङ निमा शेर्पालाई एनआरएनए सेसेल्सले आर्थिक सहयोग गरेको छ ।

रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर १ बालुवा निवासी ४६ वर्षीय शेर्पाको उपचारका लागि एनआरएनए सेसेल्सले दुई लाख छ हजार १९७ रूपैयाँ आर्थिक सहयोग गरेको हो ।

एनआरएनए सेसेल्सका पंजीकृत सदस्य निरोज प्रकाश गिरी र मोहन थापाले बुधबार अस्पतालमै पुगेर बिरामीका परिवारलाई रकम हस्तान्तरण गरेका हुन् ।

२ बर्ष अगाडि रुखबाट लडेर मेरुदण्ड भाँचिएको शेर्पाको आर्थिक अभावका कारण उपचारमा समस्या हुँदै आएको छ । मेरुदण्ड भाँचिएपछि निरन्तर अस्पतालमा उपचार गराईरहेका शेर्पाका लागिअहिलेसम्म झण्डै बिसलाख रुपैयाँ सकिएको उनको परिवारले बताए । अझै सम्म शेर्पाको स्वास्थ्य अवस्था सुधार भएको छैन । विपन्न परिवार भएकाले स्वास्थ्य उपचारमा आर्थिक अभाव झेल्दै आएका छन् । आफन्तो धन सम्पतिले पनि उपचार गर्न नपुगेपछि परिवार, आफन्तहरुको पनि आम्दानीको स्रोत नहुँदा ऋण खोजेर उपचार गराउँदै आएका छन् ।

काठमाण्डौस्थित ट्रमा सेन्टरमा उपचारत छन्। उनको परिवारले स्वास्थ्य उपचारका लागि आर्थिक सहयोगको लागि अनुरोध गरिरहेका छन् ।
शेर्पालाई आर्थिक सहयोग गर्न इच्छुक ब्यक्तिहरूले निम्न फोन नम्बरमा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ ।

सम्पर्क नम्बर +9779866458936, 9843153347,9864200556 रकम सहयोगका लागि बैक खाता यस प्रकार छ। खातावालाको नाम: pema wangyal sherpa सनराइज बैक- बैंक खाता नम्बर:1160672436205001

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>