क्रिकेट

एसिया कप खेल्ने नेपाली यु–१९ टोली घोषणा

Banner

चितवन, मंसिर २९–

नेपाल क्रिकेट संघ (क्यान)ले यु–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा गरेको छ ।

आज साँझ क्यानले देव खनालको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । टिममा शेर मल्ल (उपकप्तान), दीपेश कंडेल, विवेक यादव, गुलसन झा, विवेक राना मगर, सन्तोष कार्की, आदिल अन्सारी रहेका छन् । यस्तै तिलकराज भण्डारी, अर्जुन कुमाल, वासिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद र राहुल भण्डारी टिम अटाएका छन् ।

नेपाली टोलीको टिम व्यवस्थापकमा धर्मराज गिरी र प्रशिक्षकमा वसन्त शाही रहेका छन् । युएईमा पुस पहिलो साताबाट हुने एसिया कपमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपाल समूह चरणमा बंगलादेश, श्रीलंका र कुवेतको सामना गर्ने छ । शीर्ष दुई टोली सेमीफाइनलमा प्रवेश गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>