चितवन विशेष

भाडामुक्त हुँदै मानवसेवा आश्रम, महायज्ञमा बिहीबार मनोज गजुरेल आउँदै

Banner

चितवन, मंसिर २९–

भरतपुर महानगरपालिका–१० बाईपासमा अवस्थित मानवसेवा आश्रम आफ्नै भवनमा सर्ने भएको छ ।

हाल भाडाको घरमा सञ्चालित मानवसेवा आश्रमले सहयोगापेक्षीमैत्री आफ्नै भवननिर्माण गरी आश्रमका आश्रित लक्ष्मीनारायण तथा बालगोपालहरुलाई नयाँ घरमा गृहप्रवेश गराउन लागेको हो ।

स्व. समाजसेवी भगवानदास श्रेष्ठ र प्रेम कुमार श्रेष्ठले भरतपुर महानगरपालिका–३ बेलचोकस्थित भृकुटीस्कुल नजिकै उपलब्ध गराएको ६ कठ्ठा जग्गामा मानवसेवा आश्रमको आफ्नै भवन निर्माण भइरहेको छ ।

उक्त भवनको निर्माण सम्पन्न गर्न मानवसेवा आश्रमले निर्माणाधिन भवन परिसरमा श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ सञ्चालन गरिरहेको छ । मंसिर २६ गतेबाट सुभारम्भ भएको यज्ञमा रकम संकलन हुने क्रम तिव्र रुपमा बढेको छ भने १५ कोठा निर्माण गरिदिने दाताको प्रतिद्धता प्राप्त भएको छ ।

भागवत भाष्कर कमलनयन गौतमको मुखारवृन्दबाट कथा प्रवचन वाचन भइरहेको महायज्ञबाट ५ करोड रुपैया संकलन गर्ने लक्ष्य राखेको मानवसेवा आश्रमले ‘योगदान एकपटकको स्मरण सधैभरको नारा’ सहित श्रीमद्भागवत महायज्ञ मार्फत ५० जना एक कोठा निर्माणका लागि योगदान गरिदिने मनकारी दाताको खोजी भइरहेको मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले बताए ।

महायज्ञमा भोलि मनोज गजुरेल आउँदै

यस महायज्ञमा आजदेखि अतिथि कलाकारहरु आउने क्रम सुरु भएको छ । आजको दिनमा भजन सम्राट रेशम सापकोटाको उपस्थिति रहेको थियो । त्यस्तै भोलिको कार्यक्रममा हास्य कलाकार मनोज गजुरेलको सहभागिता रहनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>