चितवन विशेष

भरतपुरको पुरानो मेडिकल कलेजद्वारा सप्तगण्डकी क्याम्पसलाई प्राथमिक उपचार सामग्री सहयोग

Banner

चितवन, मंसिर २९

भरतपुरको पुरानो मेडिकल कलेजले सप्तगण्डकी बहुमुखी क्याम्पसलाई प्राथमिक उपचारका लागि आवश्यक सामग्रीहरु सहयोग गरेको छ ।

कलेजका प्रवन्ध निर्देशक डा.मनोहरलाल प्रधानले क्याम्पसका सहायक क्याम्पस प्रमुख टिकाराम देवकोटा र पूर्वसहायक क्याम्पस प्रमुख कृष्णप्रसाद घिमिरेलाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।

प्राथमिक उपचारको लागि आवश्यक सामग्री र औषधि कलेजले सहयोग गरेको छ । कलेजको सामाजिक जिम्मेवारीअन्तर्गत छिमेकी क्याम्पसलाई ती सामग्री हस्तान्तरण गरिएको भन्दै आपसी सम्बन्ध र सहयोग भविष्यमा पनि निरन्तर रहिरहने प्रवन्ध निर्देशक प्रधानले बताए । सप्तगण्डकी बहुमुखी क्याम्पसले कुनै विद्यार्थी, प्राध्यापक तथा कर्मचारीलाई सामान्य स्वास्थ्य समस्या देखिएमा क्याम्पसमा नै प्राथमिक उपचार गर्ने गरी आवश्यक बेड र औषधिको व्यवस्था गरिसकेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>