अन्तर्राष्ट्रिय

कोरोनाका अरु भेरियन्टभन्दा ओमिक्रोन फैलिने दर तीव्र स् डब्ल्यूएचओ

Banner

काठमाडौँ, मंसिर २९-

कारोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिइरहेको र यस्ले स्वास्थ्य प्रणाली अस्तव्यस्त हुनसक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ ।

यसअघिका भेरियन्टभन्दा तीव्र गतिमा ओमिक्रोन फैलिइरहेको र यसलाई कम गर्न डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससले आग्रह गरेका छन् ।

जेनेभामा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘ यसअघिका भेरियन्ट भन्दा ओमिक्रोन फरक गतिमा फैलिइरहेको छ’, ‘यसको कम घातक संक्रमण होला तर संक्रमणको संख्याले पुनः एकपटक तयारी अवस्थामा नरहेको स्वास्थ्य प्रणालीलाई अस्तव्यस्त बनाउन सक्छ ।

गेब्रेयससका अनुसार अहिलेसम्म ७७ मुलुकमा ओमिक्रोनका संक्रमित पुष्टि भइसकेको छ । संभवतः ७७ भन्दा बढी मुलुकमा ओमिक्रोन पुगिसकेको अनुमान गर्दै उनले केही मानिसहरुले ओमिक्रोनलाई ‘सामान्य भेरियन्ट’ भनेर बेवास्ता गरेको गुनासो गरे । अबका केही दिनमै ओमिक्रोन युरोपका केही देशमा सबैभन्दा प्रभावी भेरियन्ट हुनसक्ने संकेत देखिएको पनि बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>