Breaking News

बागमती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार गरिदै, को–को बन्दैछन् मन्त्री ?

Banner

हेटौंडा, मसिर २८–

बागमती प्रदेश सरकारले आज मन्त्रिपरिषद् विस्तार गर्दैछ । केहीदिन अघि मन्त्रिपरिषद् विस्तार गर्न मन्त्रालय फुटाईएको थियो । सोही अनुरुप मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज (मंगलबार) मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

मुख्यमन्त्री पाण्डेले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेताहरुलाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।
माओवादीबाट दोलखाका विशाल खड्का, काभ्रेका रत्न ढकाल र चितवनका घनश्याम दाहाल मन्त्री बन्ने मन्त्री शालिकराम जमकटेलले जानकारी दिए । यस्तै

नेकपा (एकीकृत समाजवादी)बाट बसुन्धरा हुमागाईं र बसन्त मानन्धर मन्त्री बन्ने नेतृ मुनु सिग्देलले जानकारी दिनुभयो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>