अर्थ

प्रचण्डको अभिव्यक्तिपछि लगानीकर्ता पुगे माधव नेपाल भेट्न

Banner

काठमाडौं,मंसिर २७-

नेपाल पुँजीबजार लगानीकर्ता संघले नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाललाई भेटेका छन् । गत शनिवार सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेयर बजार विरोधी अभिव्यक्ति दिएपछि बजारमा पहिरो गएको छ ।

अध्यक्ष प्रचण्डले सबै प्रदेशको प्रदेश सम्मेलनलाई एकैसाथ उद्घाटन गर्दै पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु सामराज्यवादको विकसित रुप भएको दाबी गरेका थिए । उनको त्यो भनाईले बजारलाई प्रभाव पारेको भन्दै चर्को आलोचना भएको छ ।

प्रचण्डको आलोचना भइरहेको बेला संघले सत्ता साझेदार दल नेकपा एसका अध्यक्षलाई भेटेका हुन् । भेटमा अध्यक्ष नेपालले बजारको विषयमा प्रचण्डले जानेर हो वा अन्जानमा बोलेको हो त्यस विषयमा आफूले कुरा गर्ने बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>