Breaking News

अवैध नेटवर्किङ्गमा फसाएर चितवनवासीलाई ठग्दै भारतीय गिरोह : तीन जना प्रहरी नियन्त्रणमा

  • Logo
    app haru
  • २७ मंसिर २०७८, सोमबार
Banner

हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, मंसिर २७ –
चितवनमा अवैध नेटवर्किङ्ग गर्ने भारतीयहरुको गिरोह सक्रिय भएको भेटिएको छ । उनीहरुले नेटवर्किङ्गमा फँसाएर चितवनवासीलाई ठग्ने गरेको पाइएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले ‘क्यु नेट’ नामक नेटवर्किङ्गमा संलग्न दुई भारतीयसहित एक नेपालीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले नेटवर्किङ्ग सञ्चालन गरिरहेका तीन जनालाई नियन्त्रणमा लिएको नारायणी अनलाइनलाई बताए । २८ वर्षीय भारतीय नागरिक जितेश बर्मा, अर्का भारतीय नागरिक ३२ वर्षीय अंकित शर्मा र भरतपुर १६ निवासी सरोज घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई भरतपुरमा रहेको सिजी ल्याण्डमार्कको फ्रेन रेसिडेन्सी होटलबाट नियन्त्रणमा लिइएको

प्रहरीले जनाएको छ । होटलमा केही मानिसहरु जम्मा गरेर नेटवर्किङ्गमा लाग्न प्रेरित गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको एसपी अधिकारीले बताए । नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।

उनीहरुले ‘क्यु नेट’ नामक नेटवर्किङ्ग सञ्चालन गरिरहेका थिए । उनीहरुले केही मानिसलाई पहिल्यै सदस्य बनाएर लगानी गर्न लगाइ सकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी अधिकारीले बताए । उनीहरुले थप मानिसलाई सदस्य बन्न प्रेरित गरिरहेका थिए ।

कति मानिस सदस्य बने भन्ने कुरा अझै पनि अनुसन्धानकै क्रममा रहेको उनको भनाइ छ । उनीहरुविरुद्ध ठगीमा परेकाहरुले ठगी मुद्दामा प्रहरी कार्यालयमा जाहेरी दिइसकेका छन् ।

‘क्यु नेट’ दर्ता पनि नगरिएको र यो नितान्त ठग्ने उद्देश्यले आएको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए ।

नेटवर्किङ्गमा आफूभन्दा माथिकोले कमिशन खाने अर्थात जति मान्छे जोड्दै गयो त्यति नै कमाइ हुने हुँदा सबै पीडित र सबै पीडक हुने जस्तै बन्ने गर्छन् । यही कारणले गर्दा पनि पीडितहरु खुलेर बोल्न डराउने गरेको पाइएको एसपी अधिकारीको भनाइ छ ।

यो गतिविधिहरु सिमानामा पर्ने नेपालका अन्य सहरमा पनि सञ्चालन गरेको हुन सक्ने अनुमान रहेको बताउँदै उनले यसबारे पनि अनुसन्धान हुने बताए ।

एसपी अधिकारीले भने ‘नेपालमा पिरामिड शैलीमा हुने नेटवर्किङ्ग अवैध छ । त्यसैले नेपालमा यो सञ्चालन गर्न पनि पाइँदैन । सदस्य पनि बन्न पाइँदैन । कोही पनि यो नेटवर्किङ्गमा न लाग्नु हुन म आग्रह गर्दछु । लागेमा कानुनी कारबाही हुन्छ । यसमा एउटा फेजसम्म हेर्दा नाफा कमाए पनि पछि गएर ठगिने नै हो’

एसपी अधिकारीका अनुसार नेटवर्किङ्गमा आफन्त र नजिकका मान्छे नै धेरै फस्ने गरेका छन् । किनकी अरु मानिसले यसलाई विश्वास गर्दैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>