चितवन विशेष
भरतपुरको आँपटारी चोकमा इनरह्विल क्लबले बनायो प्रतिक्षालय

चितवन, मंसिर २७-
महिलाहरुको अन्तर्राष्ट्रिय संस्था इनर ह्विल क्लबले भरतपुरको आँपटारी चोकमा प्रतिक्षालय निर्माण गरेको छ ।
देवघाटधाम तर्फ जाने आँपटारी चोकमा तयार भएको प्रतिक्षालयको आइतबार क्लबको डिष्ट्रिक ३५० का चेयर पर्सन ज्ञानु श्रेष्ठले उद्घाटन गरेका हुन् ।
प्रतिक्षालय निर्माणका लागि लगभग ८७ हजार रुपैयाँ खर्च भएको इनर ह्विल क्लब भरतपुरका अध्यक्ष विमला अर्याल अधिकारीले जानकारी दिइन् । निर्माणका लागि क्लबको डिष्ट्रिक ३५० ले १७ हजार रुपैयाँ सहयोग गरेको अर्यालको भनाइ छ । अन्य रकम भरतपुर इनरह्विलका सदस्य तथा शुभेच्छुकहरुबाट जुटाइएको थियो । इनर ह्विल क्लब भरतपुरले महिला, बालबालिका र वातावरण संरक्षण तथा हितका लागि यसअघि पनि विभिन्न खाले कार्यक्रमहरु गर्दै आएको थियो । प्रतिक्षालय निर्माणले धार्मिक क्षेत्र देवघाट आउने तीर्थयात्रीका साथै अन्य बटुवाहरुलाई पनि लाभ हुने इनर ह्विल क्लब भरतपुरका अध्यक्ष विमला अर्याल अधिकारीको भनाइ छ ।
























