देश/प्रदेश
महाधिवेशन स्थलमा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी गर्ने युवक पक्राउ
०
काठमाडौँ, मंसिर २७-
प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नारा लगाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत राष्ट्रिय सभागृहमा मतदान गरेर फर्किँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी गरेका कारण पक्राउ गरिएको हो । प्रहरीले केहीबेरमा नै उनलाई छाडेको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न सोमबार भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदानको व्यवस्था गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























