चितवन विशेष

गगन जस्तै भाषण गर्ने जीतनारायण गगनकै टिममा

Banner

चितवन, मंसिर २७–

नेपाली काँग्रेसको युवा पुस्ताले रुचाईएका नेता गगन थापाको जस्तै भाषणकला भएका चितवनका काँग्रेस सभापति जीतनारायण श्रेष्ठ थापाकै समूहबाट निर्वाचन लड्ने भएका छन् । नेपाली काँग्रेसका प्रभावबशाली नेता शेखर कोईरालाको समूहमा थापासंगै श्रैष्ठ रहेका छन् ।

श्रेष्ठसंग भाषणगर्ने अदभुत कला रहेको छ । उनको भाषण सुन्ने सबैले भन्ने गर्छन् “श्रेष्ठको भाषण गगनको जस्तै लाग्यो ।” पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्ड र उनकी छोरी रेनु दाहाललाई आउँदो निर्वाचनमा भोट नदिने र लखेट्ने बताए पछि उनी चर्चाको शिखरमा रहेका छन् । उनले महामन्त्री डा.शशांक कोईराला भएको मञ्चमा हात काट्ने माओवादीलाई अब काँग्रेसले भोट दिदैंन भनेका थिए । विपक्षीसंग श्रेष्ठ खनिएपछि पार्टी सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्झाउनु परेको थियो । माओवादी मात्रै होईन श्रेष्ठसंग जिल्लामा एमाले पनि त्रसित छ ।

विपक्षीहरुसंग दरो मुक्काविल्ल गर्ने र काँग्रेस नेता कार्यकर्ताहरुको संरक्षण गरेका कारण श्रैष्ठ लोकप्रिय नेताको रुपमा छवि बनाएका छन् । भृकुटीमण्डपमा भेटिएका देशै भरका मतदाताले आँफु जुन समूहको रहेको भए पनि एक भोट श्रेष्ठलाई दिने बताएका छन् । दुई दिनअघि मनोनयन दर्ता गर्दा सयौंको संख्यामा उनका समर्थकहरु सहभागी भएका थिए ।

हिजो पनि दिनभर त्यहाँ उहाँका समर्थकहरुले नाराबाजी गर्दै भोट मागिरहेको देखिन्थ्यो । जिल्लाको राजनीतिमा फरक धारमा रहेकाहरुले पनि अहिले श्रेष्ठलाई सहयोग गरेका कारण उनी बलियो भएका हुन् । यसअघि श्रेष्ठ भन्दा फरक पक्षमा जिल्लामा उभिनेहरु अहिले श्रेष्ठलाईनै भोट मागिरहेका देखिन्छन् । उनी नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा जनजाती कोटाबाट क्रम संख्यम १५ मा उम्मेदवार रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>