स्वास्थ्य

दैनिक पिउने दूधमै घातक जीवाणु कोलिफर्म भेटियो

Banner

काठमाडौं,मंसिर २७-

चाहे बालबालिका होस् चाहे वृद्धवृद्धा, स्वस्थ र तन्दुरुस्त स्वास्थ्यका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन राम्रो मानिन्छ । चिकित्सकहरू पनि बालबालिका तथा वृद्धवृद्धालाई दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन गर्न सल्लाह दिने गर्छन । तर, हामीले स्वस्थ हुन भन्दै दैनिक सेवन गर्ने दूधजन्य पदार्थमा घातक जीवाणु कोलिफर्म भेटिने गरेको छ ।

कोलिफर्म भनेको एउटा सूक्ष्म जीवाणु हो, जसले मानिसको स्वास्थ्यमा असर पार्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग स्वयंले अनुगमनका क्रममा दही र दूधमा ‘कोलिफर्म’ भेटिएको जनाएको छ । चालू आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा गरिएको खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमनमा दही र दूधमा ‘कोलिफर्म’ भेटिएको विभागले जनाएको छ ।

छाती तथा मुटु रोग विशेषज्ञ डा। दीर्घसिंह बम स्वस्थ शरीरका लागि दूध तथा दही र दुग्धजन्य वस्तु स्वस्थकर हुनुपर्ने बताउँछन् । उनी कोलिफर्मले मानिसको स्वास्थ्यमा धेरै नराम्रो असर पार्ने बताउँछन् । कोलिफर्मयुक्त दूध तथा दहीको नियमित सेवनले मानिसको स्वास्थ्यलाई दीर्घरोगी बनाउने उनको भनाइ छ ।

‘कोलिफर्मले मुख्य गरेर मान्छेको पाचन प्रणालीमा असर पार्छ,’ डा। बलमे भने, ‘झाडापखाला, वाकवाक लाग्ने, पेट दुख्ने, राम्रोसँग दिसा नहुने, कस्टिपेसन हुनेलगायतका पेट सम्बन्धित रोग बढी लाग्छ ।’

उनका अनुसार सामान्य मेहनतमा पनि दुग्धजन्य पदार्थलाई स्वस्थ बनाउन सकिन्छ । ‘दुग्धजन्य पदार्थ बिक्री गर्नेहरूले सफा सुग्घरमा मात्रै ध्यान दिने हो भने कोलिफर्म हुनबाट बच्न सकिन्छ ।’ राजधानी दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>