चितवन विशेष

केन्द्रीय सदस्यमा उम्मेदवारी दर्तासंगै श्रेष्ठ प्रचार–प्रसार व्यस्त

०
Banner

चितवन, मंसिर २६–

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेका नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले प्रचार–प्रसारलाई तिब्रता दिएका छन् । आज (आइतबार) दिनभर महाधिवेशन प्रतिनिधिहरुसंग भोटघाट गर्दै प्रचार–प्रसारलाई तिब्र बनाएका हुन् ।

आदिवासी–जनजाती तर्फको क्रमसंख्या १५ मा मतदान गरि विजयी सबै मतदातालाई श्रेष्ठले अनुरोध गरेका छन् । श्रेष्ठ आज विहान देखिनै पार्टीका शिर्ष नेतृत्वहरु संगको भेटघाट र महाधिबेशन प्रतिनिधिहरुसंगको छलफलमानै व्यस्त रहे । छलफलका क्रममा सकारात्मक प्रतिक्रिया पाएको श्रेष्ठले बताएका छन् । उनको समर्थनमा नेपाल विद्यार्थी संघ चितवन, नेपाली काँग्रेस चितवन र उनका शुभेच्छुकहरुले भृकुटीमण्डपमा प्रदर्शन गरेका थिए ।

श्रेष्ठले आफ्नो जीत सुनिश्चित भएको दावी गरेका छन् । आफु पार्टीको युवा र प्रखरवक्ता भएका कारण पनि निर्वाचनमा जीत हाँसिल गर्न सहज भएको बताए । देश, काल अनुसार पार्टीलाई चलायमान बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको श्रेष्ठको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>