चितवन विशेष
केन्द्रीय सदस्यमा उम्मेदवारी दर्तासंगै श्रेष्ठ प्रचार–प्रसार व्यस्त

चितवन, मंसिर २६–
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेका नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले प्रचार–प्रसारलाई तिब्रता दिएका छन् । आज (आइतबार) दिनभर महाधिवेशन प्रतिनिधिहरुसंग भोटघाट गर्दै प्रचार–प्रसारलाई तिब्र बनाएका हुन् ।
आदिवासी–जनजाती तर्फको क्रमसंख्या १५ मा मतदान गरि विजयी सबै मतदातालाई श्रेष्ठले अनुरोध गरेका छन् । श्रेष्ठ आज विहान देखिनै पार्टीका शिर्ष नेतृत्वहरु संगको भेटघाट र महाधिबेशन प्रतिनिधिहरुसंगको छलफलमानै व्यस्त रहे । छलफलका क्रममा सकारात्मक प्रतिक्रिया पाएको श्रेष्ठले बताएका छन् । उनको समर्थनमा नेपाल विद्यार्थी संघ चितवन, नेपाली काँग्रेस चितवन र उनका शुभेच्छुकहरुले भृकुटीमण्डपमा प्रदर्शन गरेका थिए ।
श्रेष्ठले आफ्नो जीत सुनिश्चित भएको दावी गरेका छन् । आफु पार्टीको युवा र प्रखरवक्ता भएका कारण पनि निर्वाचनमा जीत हाँसिल गर्न सहज भएको बताए । देश, काल अनुसार पार्टीलाई चलायमान बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको श्रेष्ठको भनाई छ ।
























