देश/प्रदेश

कांग्रेस महाधिवेशन : पहिले सभापतिको मात्रै मतगणना हुने

Banner

काठमाडौँ, मंसिर २६-

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व छान्न सोमबार बिहान ८ बजेदेखि मतदान सुरू गर्ने भएको छ।

अब शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरूङबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।

महाधिवेशनमा सभापति पदका लागि ५ जना मैदानमा छन् भने शेखर कोइराला समूहलाई समर्थन गर्दै गोरखाबाट सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिइसकेका छन्।

कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि छन्। एक महाधिवेशन प्रतिनिधिले २९ मतपत्रमा मतदान गर्नुपर्ने भएकाले करिब एक घन्टासम्म मत खसाल्न समय लाग्नेछ। कांग्रेसले भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लबमा मतदान स्थल तोकेको छ।

कांग्रेसले मतदान सकिएलगत्तै मतगणना गरिने बताएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य तेज रावलले सबैभन्दा पहिले सभापति पदका लागि मतगणना गरिने बताएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>