अटो

चितवनमा भोलीदेखि रेनो कार्निभल, यस्ता छन् सुविधा ?

Banner

चितवन,मंसिर २५-

चितवनको भरतपुरमा भोलीदेखि रेनो एक्सचेन्ज कार्निभल सुरु हुने भएको छ । रेनोको नेपालका लागि आधिकारीक वितरक एडभान्स अटो मोबाइल्स प्रालिले एक्सचेन्ज कार्निभल सुरु गर्न लागेको हो ।

२८ गतेसम्म संचालन हुने कार्निभल रेनोको भरतपुर स्थित शो रुममा संचालन हुनेछ । कार्निभलमा रेनोको क्विड तथा ट्राइबर मोडलसंग एक्सचेन्जको सेवा उपलब्ध हुने रेनो नेपालका डिलर प्रमुख विपुल भट्टराईले जानकारी दिनुभयो । यो अफर अन्तर्गत रेनो क्विड बा ट्राइबर एक्सचेन्ज वा खरिदमा स्पट एक्स्चेन्ज र भ्यालुएसनको सुविधा रहने उहाँले बताउनुभयो । साथै रेनोका ग्राहकहरुले फ्रि चेक अप र कार वास पनि गराउन सक्नेछन् ।

यो अवधिमा ग्राहकहरुले हरेक टेष्ट ड्राइभमा गिफ्ट ह्यामपरहरु पाउनुका साथै विशेष नगद छुटको लाभ पनि उठाउन सक्नेछन् । कार्निभलमा ग्राहकहरुका लागि फुड स्टल र रिफ्रेसमेन्टको पनि व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>