Breaking News
चितवनमा एकैदिनमा कोरोना संक्रमण दोब्बर बढ्यो, १४ संक्रमित थपिए, ६ जना आईसीयूमा
०

चितवन, मंसिर २२-
चितवनमा एकैदिनमा कोरोना संक्रमण एकैदिन दोब्बर बढेको छ ।
स्वास्थ्य कार्यालयले हिजो मंगलबार उपलब्ध गराएको तथ्यांकमा सात जना संक्रमित थपिएका थिए आज बुधबार कोरोना संक्रमितको संख्या बढेर १४ पुगेको हो ।
स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा सात जना, खैरहनी नगरपालिकामा दुई जना, रत्ननगर नगरपालिकामा एक जना, कालिकामा तीन जना, इच्छाकामनामा एक जना थपिएका छन् । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या १५२ जना पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा १४५ जना र अस्पतालको आइसोलेसनमा सात जना रहेका छन् ।
स्वास्थ्य कार्यालयले नै उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर अस्पतालमा चार जना, पुरानो मेडिकल कलेजमा दुई जना गरी आईसीयूमा ६ जनाको उपचार भइरहेको छ भने भरतपुरका सबै अस्पतालमा गरेर १३ जना कोरोनाका बिरामी अस्पताल भर्ना भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























