अन्तर्राष्ट्रिय
भारतीय पूर्वसेना प्रमुख चढेको हेलिकप्टर तामिलनाडुमा दुर्घटना
०

काठमाडौं, मंसिर २२
भारतीय सेना प्रमुखसहित उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ ।
चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
इन्डियन एयर फोर्सले पनि ट्विटरमार्फत सेना प्रमुख रावतसहितको टोली रहेको एमआई–१७ हेलिकप्टर दुर्घटनामा परेको बताएको छ ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा रावतसहित १४ जना सवार रहेको इन्डियन एक्सप्रेसले जनाएको छ । हेलिकप्टरमा सेना प्रमुख रावतकी पत्नी पनि रहेको समाचारहरुमा जनाइएको छ । दुर्घटनामा घाइते भएका कम्तीमा ३ जनालाई अस्पताल लगिएको स्रोतलाई उदृत गर्दै समाचारमा लेखिएको छ ।
तर अस्पताल लगिएका घाइतेको पहिचान भने खुलाइएको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























