Breaking News

फाइजर खोप ओमिक्रोन भेरियन्टविरुद्ध पनि प्रभावकारी–डब्ल्यूएचओ

Banner

काठमाडौँ, मंसिर २२-

दक्षिण अफ्रिकाको प्रयोगशालामा गरीएको परीक्षणले फाइजरको खोप कोरोनाको नयाँ भेरियन्टमा ओमिक्रोनका लागि आंशिक मात्र प्रभावकारी देखाएको छ ।

डब्ल्यूएचओका डाक्टर माइक रयानले ओमिक्रोन भेरियन्ट अन्य भेरियन्टको तुलनामा धेरै संक्रामक पाइए पनि संक्रमितहरुमा गम्भीर लक्षण भने नदेखिएको बताएका छन्।

त्यस्तै कोरोना खोप अन्य भेरियन्टको तुलनामा ओमिक्रोन भेरियन्टमा कम हुने कुनै संकेत नदेखिएको रयानले बताए ।

दक्षिण अफ्रिकामा गरिएको अनुसन्धानको एक हिस्सा रहेका एलेक्स सिंगलले पनि अहिले उपलब्ध खोपहरू प्रभावकारी रहेको भन्दै बुस्टर डोज दिनु ओमिक्रोनको संक्रमणविरुद्ध महत्वपूर्ण कदम हुन सक्ने बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>