चितवन विशेष

नारायणगढमा दुई युवाले खोले ‘पाइपलाइन बियर एन्ड कफी’

Banner

चितवन, मङ्सिर २०–

दुई युवाहरु मिलेर नारायणगढस्थित गंगोत्री मार्गमा ‘पाइपलाइन बियर एन्ड कफी’ सञ्चालनमा ल्याएका छन् ।

नेपालकै प्रख्यात ‘अनुप्रस्था’ ब्याण्डको लाइभ प्रस्तुतिसँगै पाइपलाइनले आफ्नो सेवा सुरु गरेको हो । पाइपलाइन हस्पिटालिटी प्रालिद्धारा सञ्चालित पाइपलाइन चितवनकै पहिलो बियर बार हो ।

शनिबार सफ्ट ओपनिङ गरिएको पाइप लाइनको क्रिस्टमसदेखि अंग्रेजी नयाँ वर्षसम्म ग्राण्ड ओपनिङ गरिने सञ्चालक वासुदेव पौडेलले जानकारी दिएका छन् । पाइपलाइनमा लाइभ म्युजिकसँगै गेम जोन पनि छ । गीत संगीत सुन्दै र खेल खेल्दै ग्राहकहरुले सेवा लिन सक्ने छन् ।

चितवनमा यस किसिमको बियर बारको आवश्यकता महसुस गरेर नै पाइप लाइन सञ्चालनमा ल्याईएको समेत उनको भनाइ छ ।अनुप्रस्थाले करिब एक घण्टा दर्शक तथा ग्राहकलाई झुमाएका थिए । अनुप्रस्थाले ‘दिन’, ‘सुख र दुस्ख’, ‘चरी भरर’, ‘गफ’ ‘सम्झेर मलाई’ लगायत करिब एक दर्जन गीत प्रस्तुत गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>