Breaking News

नवलपरासीको तुरिया खोला बेलीब्रिजमा क्षति पुगेपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

Banner

नवलपरासी,मंसिर १८-

पश्चिम नवलपरासीको तुरिया खोलाको राखिएको अस्थायी पुलमा बेलीब्रिजमा क्षति पुगेपछि बुटवल– नारायणगढ सडक अवरुद्ध भएको छ । पुरानो पुलको नजिकैबाट नयाँ पुल निर्माणका लागि साइट खन्ने क्रममा माटो खस्दा बेली ब्रिज अवरुद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सही ज्ञानु पाण्डेयले बताए ।

गत भदौ ११ गते भीषण वर्षाका कारण सुनवलको तुरिया खोला पुल भत्किएपछि अस्थायी रूपमा सवारी साधन सञ्चालनका लागि बेलिब्रिज बनाइएको थियो । आज जमिन भासिएपछि अहिले ठुला सवारी साधानहरुलाई वैकल्पिक बाटोबाट पठाएको छ । भैरहवा परासी रोड हुँदै ठुला सवारी पास गराएको प्रहरीले जनाएको छ ।

नयाँ पुल बनाउनका लागि साइट खन्ने क्रममा माटो खसेको थियो। साना सवारी साधन भित्री सडक हुँदै जान सक्ने भएता पनि ठुला सवारी तथा ओभरलोड भएका सवारी साधन भने भैरहवा– भूमहि लगायत सडक खण्ड प्रयोग गर्नु पर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>