चितवन विशेष

क्रिकेटरलाई नारायणगढ लियो र भरतपुर गुर्खाजको सम्मान

Banner

चितवन, मंसिर १८–

लियो क्लव अफ नारायणगढ र भरतपुर गुर्खाजले चितवनका पुरुष तथा महिला क्रिकेटरहरुलाई सम्मान गरेको छ ।

शनिबार स्व.लायन जीतबहादुर पिया भोकेसनल ट्रेनिङ सेन्टर नारायणगढमा एक कार्यक्रमकाबीच खेलाडीहरुलाई सम्मान गरिएको हो । क्लवका संस्थापक अध्यक्ष प्रोफेसर लायन डा.तुलसी धरेलले खेलाडीहरुलाई खादा ओढाएर सम्मान गरेका थिए ।

सो क्रममा बोल्दै प्रमुख अतिथि डा.धरेलले खेलाडीहरुलाई क्लवले सम्मान गर्नु निकै उत्कृष्ट कार्य भन्दै यस्तै हौसल खेलाडीहरुलाई प्रदान गर्न जरुरी रहेको बताए । उनले रचनात्मक कार्य गर्दै आएको लियो क्लव अफ नारायणगढ परिवारलाई धन्यवाद समेत प्रकट गरे ।

कार्यक्रममा लियो क्लव अफ नारायणगढका पूर्व अध्यक्ष एवं भरतपुर गुर्खाजका मालिक सबल पिया, लियो डिष्ट्रिक्ट काउन्सील ३२५ बी १२ का अध्यक्ष लियो अनिश लामिछाने, लियो क्लव अफ नारायणगढका पूर्व अध्यक्ष रविन अधिकारी, निवर्तमान अध्यक्ष गणेश जिसीलगायतले मन्तव्य व्यक्त गरेका थिए । यस्तै क्रिकेटरका तर्फबाट संघर्ष पौडेल र हेलिसा गुरुङले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम क्लवका अध्यक्ष लियो मोहन तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो । लियो क्लव अफ नारायणगढले छिट्टै क्रिकेटरहरुको ट्यालेन्ट हन्ट कार्यक्रम गर्दैछ । सो कार्यक्रमबाट छनोट हुने खेलाडीहरुले चितवन प्रिमियर लिगमा खेल्न पाउने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>