गण्डकी

बागलुङको त्रिभुवन विद्यालयमा २८ शिक्षक–विद्यार्थीमा संक्रमण पुष्टि, विद्यालय बन्द

Banner

बागलुङ, मंसिर १७-

बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिकका दुई शिक्षक र एक विद्यार्थीमा कोरोना पुष्टि भएपछि थप विद्यार्थीको पिसिआर परीक्षण गर्दा विद्यार्थी र शिक्षक गरी २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालको जानकारी अनुसार ८२ जनाको पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई शिक्षकमा संक्रमण पुष्टि भएको हो ।

खनालले बलेवा क्षेत्रका विद्यालय केही दिन बन्द गरेर एन्टिजिन परीक्षण गर्न नगर शिक्षा शाखालाई अनुरोध गरेको बताए । बलेवा क्षेत्रमा बागलुङ नगरपालिका १२, १३ र १४ नम्बर वडा पर्छन् ।

बिहीबार थप तीन स्थानीय बासिन्दामा पनि कोरोना पुष्टि भएको र विद्यार्थी तथा शिक्षकमा पनि संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>