Breaking News

एमाले चितवनकी अध्यक्ष रावलको नेतृत्वमा महाधिवेशन स्थल सौराहा क्षेत्रको सरसफाइ

Banner

चितवन, मंसिर १६-

नेकपा एमाले चितवनले महाधिवेशनको बन्दशत्र भएको स्थल सौराहाको सरसफाइ गरेको छ ।

एमाले चितवनकी अध्यक्ष पार्वती रावलको नेतृत्वमा स्थानीय नेता कार्यकर्ता र व्यवसायीको सहभागितामा आज सो क्षेत्रको सरसफाइ गरिएको हो ।
आफ्नो महाधिवेशन स्थलको सरसफाइ आफैँले गर्नुपर्छ भन्ने सामाजिक उत्तरदायित्वको भावनाले सरसफाइ गरिएको एमाले चितवनकी अध्यक्ष रावलले नारायणी अनलाइनलाई बताइन् । कार्यक्रममा केन्द्रीय सदस्य कपिल पोखरेल, रत्ननगर नगरपालिकाकी उपमेयर बिमला दुवाडी, बागमती प्रदेश कमिटी सदस्य राजाराम रेग्मी, युवा संघका केन्द्रीय सचिव प्रताप डल्लाकोटीलगायत सौराहाका एमाले नेता तथा कार्यकर्ताहरु गरी १६ जनाको कार्यक्रममा सहभागिता रहेको थियो । उनीहरुले झण्डै एक घण्टा लगाएर सबै फोहोर टिपेर प्लास्टिकमा प्याक गरेर राखेका छन् ।

यसैगरी मंसिर १० गते नारायणी किनारमा भएको उद्घाटन सभा सकिएपछि अनेरास्ववियु र युवा संघका नेता तथा कार्यकर्ताहरुले नारायणी नदी किनारको सरसफाइ गरेका थिए । नेता रावलले पार्टी महाधिवेशनको लागि देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरु बुधबार साँझसम्ममा फर्किसकेको बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>