चितवन विशेष

भरतपुर अस्पतालमा ट्रमा इमरजेन्सी सेवा सुरु

Banner

भरतपुर,मङ्सिर १६-

भरतपुर अस्पतालमा ट्रमा इमरजेन्सी सेवा सुरु भएको छ । अस्पतालले इमरजेन्सी ब्लक भित्रै ६ बेडको ट्रमा इमरजेन्सी सेवा सुरु गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो । ठूला किसिमका दुर्घटनामा परेकाहरुलाई इमरजेन्सी सेन्टरबाट सेवा दिइने उहाँले बताउनुभयो । ‘इमरजेन्सीमा आएका ट्रमाका विरामीलाई पहिलो चरणको उपचार गरेपछि ट्रमा इमरजेन्सीमा लगिन्छ,उहाँले भन्नुभयो’,विशेषज्ञको निगरानीमा व्यवस्थित रुपमा उपचार हुन्छ ।’

दुर्घटनाका बिरामीहरु भरतपुर अस्पतालमा कम आउने र निजी अस्पतालमा बढी जाने भएकोले अस्पतालमा ट्रमा सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । ट्रमा इमरजेन्सी सेवाको स्पाइनल इन्जुरीका घाइते समिर ठकुरी उद्घाटन गर्नुभयो । भरतपुर अस्पतालको इमरजेन्सीमा दैनिक १५० विरामी आउने गर्छन । ती मध्य २५ प्रतिशत ट्रमाका विरामी हुन्छन ।

यस्तै ट्रमामा थप भएको ६ बेड संगै अस्पतालको आकस्मिक सेवा २० बेड क्षमताको भएको छ । ५० बेड क्षमताको नयाँ भवन निर्माण सम्पन्न नभएसम्म पुरानै भवनबाट सेवा दिने गरी बेड क्षमता बढाइएको मेसु पौडेलले बताउनुभयो । अस्पतालको ५० बेड क्षमताको नयाँ आकस्मिक भवन एक वर्ष भित्र तयार हुने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

२०७४ सालमा भरतपुर अस्पतालमा मदन भण्डारी ट्रमा सेन्टर स्थापना गर्ने भनेर सरकारले घोषणा गरेको थियो । तर बजेटको निरन्तरता हुन नसक्दा कार्यान्वयन हुन सकेको थिएन । यसबर्ष ट्रमा सेन्टरका लागि ९४ लाख रुपैंया बजेट विनियोजन भएको अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>