Breaking News

ओमिक्रोन भेरियन्टः विश्वका एक दर्जन मुलुकमा फैलियो

Banner

एजेन्सी,मंसिर १४-

दक्षिण अफ्रिकामा भेटिएको कोभिड–१९ को नयाँ ‘ओमिक्रोन’ भेरियन्ट विश्वका एक दर्जन मुलुकमा फैलिइसकेको छ । ओमिक्रोन संक्रमित देखिएका कतिपय मुलुकहरुले आफ्नो देशमा आवतजावत बन्द गरिसकेका छन् । यो भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले भेरियन्ट अफ कन्सर्न को वर्गमा राखेको छ । यो भेरियन्टका ३३ भन्दा बढी म्युटेसन अर्थात उत्परिवर्तित रुप रहेको पाइएको छ । दक्षिण अफ्रिकाको सेन्टर फर एपिडेमिक रोस्पोन्स एन्ड इनोभेसनले ओमिक्रोनलाई ‘म्युटेसनको असामान्य समूह’ को रुपमा व्याख्या गरेको छ ।

त्यस्तै दक्षिण अफ्रिकाको युनिभर्सिटी अफ क्वाजुलु नटालमा प्राध्यापक रहेका रिचर्ड लेसल्सले ओमिक्र्रोन एक अर्कामा छिटो फैलिने क्षमता राख्ने भएकाले नै चिन्ताको विषय भएको बताएका छन् । यो भेरियन्टका कारण दक्षिण अफ्रिकी मुलुकहरुमा मात्रै एक सातामा २०० प्रतिशतभन्दा बढी केसहरू बढेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>