Breaking News

एमाले महाधिवेशनः निर्धारित समयमा सकिएन मतदान, अझै एक घण्टा लाग्ने

Banner

चितवन,मंसिर १४-

नेकपा एमालेको चितवनमा जारी महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भइरहेको मतदान निर्धारित समयभन्दा ढिलो सकिने भएको छ । बिहान ४ बजेदेखि सुरु भएको मतदान ९ बजेसम्ममा सक्ने तालिका थियो । तर अझैसम्म मतदान जारी छ । करिब २२ सय प्रतिनिधिमध्ये करिब १५ सयले मतदान गरेका छन् । यसअनुसार मतदान सकिन अझै एक घण्टा लाग्नसक्ने बताइएको छ ।

विद्युतीय मेसिनबाट भइरहेको मतदानमा एकजना करिब आधाघण्टा लाग्ने अनुमान गरिएको थियो । मतदानपछि आजै मतगणना गर्ने निर्वाचन तालिकामा उल्लेख छ ।एमालेमा अध्यक्ष, उपाध्यक्ष र सचिवसँगै सदस्यका लागि निर्वाचन भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>