Breaking News
एमाले अध्यक्षमा ओली र रावलको उम्मेद्वारी दर्ता

चितवन,मंसिर १३-
नेकपा (एमाले) को अध्यक्षका लागि केपी शर्मा आली र डा. भीम रावलले उम्मेद्वारी दर्ता गराउनुभएको छ । उहाँहरु दुई विच अध्यक्ष पदका लागि निर्वाचन हुने निश्चित भएको हो ।
एमालेको चितवनको सौराहामा जारी १० औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि अध्यक्षको उम्मेद्वारी दिनुभएका डा.रावलले उम्मेद्वारी फिर्ता नलिने बताउनुभएको छ ।
यस्तै उपाध्यक्षमा राती घोषणा गरेको पदाधिकारी सूचिमा नपर्नुभएका घनश्याम भुसाल र सचिवमा भीम आचार्यले पनि उम्मेद्वारी दिनुभएको छ । यसबाहेक सबै पदमा यसअघि घोषणा भए बमोजिम उम्मेद्वारी परिरहेको छ ।
बन्दसत्रमा घोषणा गरिएका पदाधिकारीमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल हुनुहुन्छ । यसैगरी उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, सुवास नेङ्वाङ र विष्णु पौडेललाई प्रस्ताव गरिएको छ । यसैगरी महासचिवमा शङ्कर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल तथा सचिवमा टोपबहादुर रायमाझी, रघुविर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्यमा अर्याल रहनुभएको छ । उहाँहरु सबैले उम्मेद्वारी निर्वाचनका लागि उम्मेद्वारी दिनुभएको छ ।
केन्द्रीय निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आधाघण्टा थप गरेर १० बजेसम्म पु¥याएको छ ।
























