Breaking News

पछिल्लो २४ घण्टामा नेपालमा थपिए १५८ नयाँ संक्रमित, चितवनमा सक्रिय संक्रमितको संख्या १९१

Banner

काठमाडौँ, मंसिर १२-

नेपालमा पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने चितवनमा कसैमा पनि कोरोना संक्रमण पुष्टि भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १५४ जना र २ हजार ३ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल चितवनमा १९१ जना कोरोनाका सक्रिया संक्रमित गरेर देशभरी कोरोना संक्रमितको संख्या ६ हजार ९६६ जना पुगेका छ । जसमध्ये ६ हजार ५८९ जना होम आइसोलेसनमा रहेका छन् भने ३७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १७१ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३४२ जना निको भएका छन् ।

आइतबार नेपालमा नयाँ कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ९ लाख १६ हजार ३५० पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५२३ पुगेको छ भने ८ लाख २ हजार ३८९ जना संक्रमणमुक्त भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>