चितवन विशेष

इनर ह्विलद्वारा भरतपुरको असहाय संरक्षण केन्द्रलाई सहयोग

Banner

चितवन, मंसिर १२-

इनर ह्विल क्लब भरतपुरले मञ्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रय लिएका बालिकाहरुका लागि न्यानो कपडा वितरण गरेको छ ।

अध्यक्ष बिमला अर्याल अधिकारीका अनुसार त्यहाँ रहेका २१ जनाका लागि लगाउने न्यानो कपडा र तन्ना वितरण गरेको हो ।

सो सामग्री किन्नका लागि आवश्यक पर्ने २० हजार रुपैयाँ सहयोग राशी अमेरिका बस्ने सुरेन्द्र वाग्लेले उपलब्ध गराएका थिए । इनर ह्विल क्लब डिष्ट्रिक ३५० का भाइस प्रेसिडेन्ट मनकुमारी सेन कार्यक्रमका प्रमुख अतिथि थिइन् । पूर्वअध्यक्षहरु सत्या गुरुङ, बीना श्रेष्ठलगायतका क्लबका पदाधिकारीहरुको उपस्थितिमा वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

इनर ह्विल क्लब भरतपुरले महिला, बालबालिका र वातावरणको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ । यो कार्यक्रम पनि महिला हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर आयोजना गरेको क्लबका अध्यक्ष बिमला अर्यालले अधिकारीले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>