चितवन विशेष

भरतपुरको बोष्टन इन्टरनेशनल कलेजको राष्ट्रिय अनुसन्धान सम्मेलन सकियो

Banner

चितवन, मंसिर १२-

चितवनको भरतपुरस्थित बोस्टन इन्टरनेशनल कलेजले बोस्टन रिर्सच ल्याबसँगको संयोजनामा सञ्चालन गरेको पहिलो बोस्टन इन्टरनेशनल कलेज राष्ट्रिय अनुसन्धान सम्मेलन (पहिलो बिआईसी नेशनल रिर्सच कन्फेरेन्स –२०२१) शनिबार सकिएको छ ।

 बोष्टन इन्टरनेशनल कलेजका अध्यक्ष आनन्दबहादुर चन्दको अध्यक्षतामा भएको सम्मेलनमा नेपालका प्रतिष्ठित शिक्षक, व्यवसायी संघ एवम् विभिन्न कलेजका अनुसन्धानकर्ताले आफ्नो अनुसन्धान पेपरको प्रस्तुति गरेका थिए ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका डिन एसोसिएट प्रोफेसर दयाराज ढकाल, जेनेरल मेनेजमेन्ट कमिटीका अध्यक्ष प्रोफेसर डा. महानन्द चालिसे, त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा. भोजराज अर्याल, काठमाडौं विश्वविद्यालयका प्रमुख एसोसिएट प्रोफेसर डा. प्रकाश चन्द्र भटराई, पोखरा विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. भरत राम ढुगांना, त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. विजय लाल प्रधानको उपस्थिति रहेको थियो।

कार्यक्रममा राष्ट्रियगानको साथ एसोसिएट प्रोफेसर डा. दयाराज ढकाल र अध्यक्ष आनन्द बहादुर चन्दले संयुक्तहरुपमा बिरुवामा पानी हालेर कार्यक्रमको सुरुवात गरे । कार्यक्रममा ‘जेनेरल रिर्सच ईन्भारमेन्ट’ विषयमा पहिलो सत्र सुरु भयो । यस सत्रमा प्रोफेसर चालिसे, एसोसिएट प्रोफेसर भटराई र एसोसिएट प्रोफेसर ढुगांना गरी तीन जनाले विभिन्न विषयमा आफ्नो प्रस्तुति दिएका थिए ।

त्यसपश्चात प्राविधिक सत्रको सुरुवात भएको थियो। यस सत्रलाई ‘व्यवस्थापन तथा उद्यमशीलता’ र ‘वित्तिय तथा अर्थतन्त्र’ गरी २ वटा विषयमा विभाजन गरिएको थियो । यस सत्रमा सम्पूर्ण प्रस्तुतकर्ताले विभिन्न विषयमा आफ्नो अनुसन्धान पेपरको प्रस्तुति दिएका थिए । त्यसपश्चात ‘विशेष रिसर्च’ को विषयमा आधारित रहेर दोस्रो सत्रको सुरुवात भयो । यस सत्रमा एसोसिएट प्रोफेसर विजय लाल प्रधानले आफ्नो अनुसन्धानको विषयमा प्रस्तुति दिएका थिए ।

त्यस्तैगरी कार्यक्रमको अध्यक्षता गरेका बोष्टन इन्टरनेशनल कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले कार्यक्रमको समापन गर्दै अनुसन्धान कार्यक्रमलाई नियमितरुपमा अझै सशक्त रुपमा अगाडि बढाइने विचार राखे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>