Breaking News

३२ जिल्लामा कांग्रेस अधिवेशन सकियो, चितवनमा भने अझै अन्योलमा

Banner

चितवन, मंसिर ११-

चितवन कांग्रेसको आज हुने भनिएको जिल्ला अधिवेशन सरेपछि कहिले हुने भन्ने अझै अन्योल रहेको छ ।

नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले भोलि बस्ने जिल्ला कार्यसमितिको बैठकले महाधिवेशन तय गर्ने नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ आज ११ गते हुने भनेको महाधिवेशन किन सरेको भन्ने तपाइँहरुलाई जानकारी नै छ । हाम्रो भोलि बस्ने बैठकले महाधिवेशनको मीति तय गर्छ । हाम्रो आन्तरिक विवाद केही छैन । सबै पार्टीमा आकांक्षी धेरै हुन्छन् । हाम्रोमा पनि धेरै छन् ।’ यसअघि केन्द्रीय समितिको कारणले जिल्ला अधिवेशनको मीति सरेको थियो भने अहिले जिल्ला समितिकै कारणले मीति सरेको हो ।

चितवनमा जिल्ला कार्यसमितिमा सचिव पदका प्रतिस्पर्धी भरतप्रसाद दवाडीले चितवनको अधिवेशन कहिले हुन्छ अझै अन्योल रहेको बताए । उनले भने, ‘पहिले केन्द्रको कारणले स¥यो भने अहिले जिल्लाको कारणले सरेको हो । जहिले अधिवेशन भए पनि आफू निरन्तर कांग्रेस भित्र देखिएको गलत संस्कारको विरुद्ध अभियानमा होमिएको छु । ’ कांग्रेसको १४औं अधिवेशनअन्तर्गत शुक्रबार एकभन्दा बढी निर्वाचन क्षेत्र भएका ३२ जिल्लामा जिल्ला अधिवेशन भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>