Breaking News

आगामी निर्वाचनमा देशको लागि एमालेले एकल बहुमत ल्याउनुपर्छ: ओली

Banner

चितवन, मंसिर १०-

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा पार्टीको लागि नभई देशको लागि एकल बहुमत ल्याउनुपर्ने बताएका छन् ।

चितवनको नारायणी नदी किनारमा एमाले महाधिवेशनको उद्घाटन शत्रमा मन्तव्य राख्दै अध्यक्ष ओलीले देश बनाउनका लागि एमालेले बहुमत ल्याउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘तीनै तहको चुनाव आउँदै छ, संघीय चुनाव आउँदै छ । अब हामी चुनावको तयारीतर्फ पनि जाँदै छौ । एमालेको लागि नभई देशको लािग एकल बहुमत ल्याउनुपर्छ । देश बनाउन, सार्वभौंम सत्ताको रक्षा, लोकतन्त्रका रक्षा, संविधानको रक्षा र कार्यान्वयनको लगि एमालेले बहुमत ल्याउनुपर्छ ।’ उनले परमादेशबाट सरकार फेरिने जस्ता असंवैधानिक कुराहरुमा नजाऊ भनेर जनताका बीचमा जान खोज्दा अन्य शक्तिहरु त्रसिद् भएको दाबी गरे

उनले परमादेशबाट बनेको सरकारलाई जनादेशबाट सच्याएर अगाडि बढ्नका लागि नेकपा एमालेले बहुमत ल्याउनुपर्ने बताए । उनले दिगो विकास लक्ष्य नौ वर्षभित्र नै हासिल गर्नुपर्ने बताए । उनले लोकतन्त्र सामाजिक न्याय, विकास, समृद्ध नेपाल र एकताको लागि भएको विचार राखे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>