अपराध

३३ लिटर रक्तचन्दनको तेलसहित १० जना पक्राउ

Banner

काठमाडौँ, मंसिर १०-

काठमाडौँबाट रक्तचन्दनको तेलसहित १० जनालाई पक्राउ परेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तिलगंगाबाट ३३ लिटर रक्तचन्दनको तेलसहित उनीहरूलाई पक्राउ गरेको हो ।

तस्करबाट संकलन गरिएको उक्त तेल प्रतिलिटर ५ लाख रुपैयाँका दरले बिक्री गर्न लागिएको प्रहरीले बताएको छ । रक्तचन्दन र यसबाट बनेका सामग्रीको ओसारपसार नेपालमा प्रतिबन्धित छ ।

पछिल्लो समय रक्तचन्दनको काठ नियन्त्रणमा प्रहरीको सक्रियता बढेपछि तस्करले यसबाट बनेका अन्य सामग्रीको कारोबार बढाएका छन् ।

पक्राउ पर्नेहरूमा खोटाङका घनश्याम आलेमगर र जीवन थापा, तनहुँका सुदीप ठडराई, काठमाडौंका अनिलचरण श्रेष्ठ, अनुपकुमार श्रेष्ठ, यिक्रम श्रेष्ठ र मदन पोडे, सिन्धुलीका हेमकुमार श्रेष्ठ, मकवानपुरका मंगलसिंह लो र काभ्रेका कर्साङ लामा रहेको महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले बताए ।
त्यस्तै पक्राउ परेका १० जनाविरुद्ध अनुसन्धान अगाडि बढाएको महाशाखाले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>