Breaking News

एमाले महाधिवेशनः नेता राजेन्द्र गौतमद्वारा केन्द्रिय सचिवमा उम्मेदवारी घोषणा

Banner

चितवन, मंसिर ९-

नेकपा (एमाले)को १० औं महाधिवेशनमा केन्द्रीय कमिटी सचिवमा नेता राजेन्द्र गौतमले उम्मेदवारी घोषणा गरेका छन । उहाँले आज भरतपुरमा नारायणी अनलाइनसंग कुरा गर्दै सचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । जनताको बहुदलिय जनबादको रक्षा,प्रयोग र विकास गर्दै जबज मार्फत समाजवाद निर्माण गर्ने अभियानका लागि उम्मेद्वार घोषाण गरेको गौतमले बताए । उनले पार्टीलाई एकताबद्ध र संगठित बनाउँदै अगाडि बढ्नु आफ्नो प्रथामिकता रहेको बताए ।

संखुवासभा जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित भएर सार्वजनिक लेखा समितिका सदस्यसमेत भएका गौतम २०३२ सालदेखि रातो झण्डा समुहबाट कम्युनिस्ट राजनीतिमा सक्रिय रहँदै आएका छन् । २०३६ सालको विद्यार्थी आन्दोलनमा विद्यार्थी राजनीतिमा सक्रिय रहेका उनी अनेरास्ववियु जिल्ला अध्यक्ष एवम् अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य हुँदै केन्द्रीय प्रचार विभागको सचिव,पार्टी कोशी अन्चलको सचिव,प्रेस चौतारी नेपालको केन्द्रिय इन्चार्ज समेत बनिसकेका छन् । उनी २०६५ सालदेखि २०७० सालसम्म कोशी अञ्चल इन्चार्ज बनेर काम गरेका थिए ।

त्यस्तै, केन्द्रीय पार्टी स्कुल विभागका सदस्यसमेत रहेका गौतम पार्टीमा निकै अनुभवी नेता मानिन्छन् । गौतम २०६५ सालपछि निरन्तर पार्टीको केन्द्रिय नेतृत्वमा रहेर काम गर्दै आएका छन् । हाल उनी प्रदेश नम्वर १ प्रदेश कमिटीको सहइन्चार्ज र संखुवासभा जिल्लाका इन्चार्ज भएर काम गरिरहेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>