चितवन विशेष

चितवनका एमाले नेता थपलियाद्वारा पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा

Banner

चितवन, मंसिर ९-

नेकपा एमाले चितवनका पूर्वअध्यक्ष तथा एमाले वाग्मती प्रदेश सचिवालय सदस्य जेएन थपलियाले दशौं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका छन् ।

विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय थपलियाले पार्टीलाई वैचारिक र सांगठनिकरुपमा मजबुद बनाउन भन्दै आज केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । थपलियाले  कम्युनिस्ट राजनीति, शिक्षा र सामाजिक सेवामा चार दशकबढी विभिन्न पार्टी संगठनमा रहेर काम गरिसकेका छन् । वाग्मती प्रदेशका पूर्वमुख्य मन्त्री डोरमणि पौडेलको राजनीतिक सल्लाहकारको रुपमा पनि काम गरिसकेका थपलिया अनेरास्वबियुका पूर्वसचिवदेखि मिनभबन क्याम्पसको दुई पटक स्ववियु सभापति रहेका थिए ।

त्यस्तै, जिल्ला विकास समिति चितवनका पूर्वउपसभापति, भरतपुरको सप्तगण्डकी क्याम्पसको पूर्वक्याम्पस प्रमुख, मदन भण्डारी फाउण्डेसन चितवनका संस्थापक अध्यक्ष भएर उनले काम गरिसकेका छन् । जनताको बहुदलीय जनवादका पक्षधर थपलियाले २०३६ सालदेखि २०४० सालसम्म चार वर्ष जेल जीवन बिताएका छन् भने २०३६ अघि पनि पञ्चायती सरकारले पटकपटक गिरफ्तार गरेको थियो । उनकै नेतृत्वमा २०३६ सालमा स्वतन्त्र होटल युनियनको स्थापना भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>