देश/प्रदेश

मंसिर २० गते कक्षा १२ को नतिजा प्रकासन गर्ने तयारी, छुटेका परीक्षार्थीको परीक्षा मंसिर १६ गते हुने

Banner

काठमाडौँ, मंसिर ९-

कक्षा १२ को परीक्षाको नतिजा मंसिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षणको नतिजा मंसिर २० सार्वजनिक गर्ने भएको हो ।

त्यस्तै भदौ ३० गतेदेखि सञ्चालित परीक्षामा कोभिड–१९ सङ्क्रमण भएर सहभागी हुन नसकेका परीक्षार्थीका लागि बोर्डले मंसिर १६ गते अर्को परीक्षा सञ्चालन गर्ने भएको छ।

परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>