Breaking News

पछिल्लो २४ घण्टामा थपिए ३३२ कोरोना संक्रमित, ४ जनाको मृत्यु

Banner

काठमाडौँ, मंसिर ८-

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७जना गरी ३३२ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ४ कोराना संक्रमितको जनाको मृत्यु भएको छ भने २३२ जना संक्रमण मुक्त भएर घर फक्रिएका छन् ।

त्यस्तै मन्त्रालयको अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३६९ जना रहेका छन् । जसमध्ये काठमाडौंमा १४४ ललितपुरमा २६ र भक्तपुरमा ११ गरी जम्‍मा १८१ जना काठमाडौं उपत्यकामा कोरोना संक्रमित देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>