Breaking News

भरतपुर अस्पतालको स्वास्थ्य बीमा टिकट अनलाइनबाट काट्न सकिने

Banner

चितवन, मंसिर ८-

भरतपुर अस्पतालले स्वास्थ्य बीमाको टिकट अनलाइनबाट काट्ने व्यवस्था गरेको छ । यसअघि अस्पतालले बीमा टिकटबाहेक अन्य बहिरङ्ग सेवाको टिकट अनलाइनबाट काट्न सुरु गरेको थियो ।

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालको मोबाइल एप्लिकेसन वा अस्पतालको वेबसाइटमा गएर आजदेखि स्वास्थ्य बीमाको टिकट लिन सकिने व्यवस्था गराएको छ । उहाँले टिकट लिन अत्यधिक भीड भएपछि अनलाइन टिकट सुरु गरिएको बताउनुभयो । कोरोनापछि दैनिक स्वास्थ्य बीमाका बिरामी आठ सयको हाराहारीमा अस्पतालमा आउने गरेको पौडेलले जानकारी दिनुभयो ।

सामान्य अवस्थामा भरतपुर अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी आउने गरेका छन् । स्वास्थ्य बीमाको टिकट पनि अनलाइनबाट व्यवस्था गरिने भएपछि बिरामीहरु बढ्ने उहाँले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>