देश/प्रदेश

एमाले महाधिवेशनः प्रदेश-२ बाट छानिए २३४ जना प्रतिनिधि

Banner

काठमाडौँ, मंसिर ८-

प्रदेश- २ बाट नेकपा एमालेको दसौं महाधिवेशनका लागि २ सय ३४ जना प्रतिनिधि छानिएका छन्।

प्रदेश- २ का सचिव मनोज खड्का अनुसार अनुसार प्रदेश कमिटीबाट ५ जना मनोनीत गरिएको छ भने मजदुरबाट ७ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको हो ।

उनका अनुसार महोत्तरीबाट २५, बाराबाट ३८, सिरहाबाट १७, धनुषाबाट ५३, सर्लाहीबाट १५, रौतहटबाट २७, पर्साबाट २७, र सप्तरीबाट २० जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको जानकारी दिए।

‘हालसम्म अहिले मोटामोटी २ सय ३४ जना महाधिवेशन प्रतिनिधि छनोट भएका र यसमा अझै केही थपघट हुन सक्ने ’, खड्काले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>