Breaking News

विद्युत आपूर्ति सहज भए सिमेन्टको भाउ प्रतिबोरा १० रुपैयाँसम्म घट्ने

Banner

धादिङ, मंसिर ८-

धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगमा विद्युत आपूर्ति सहज भएपछि उत्पादनको तयारी तीव्र पारेको छ ।

हुवासिन सिमेन्ट उद्योगलाई नेपाल विद्युत प्राधिकरणले २० मेगावाट विद्युत दिएपछि काम तीव्र भएको हो ।

उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार ‘हामीले आफ्नै खर्चमा स्वीचिङ स्टेसन र प्रशारण लाइन बनाएर भए पनि बिजुली ल्याएका छौं, बिजुलीले सिमेन्ट उद्योगमा ठूलो परिवर्तन ल्याउने बताए । त्यस्तै विद्युत उपलब्धताले डिजेलमा हुने खर्च जोगाउनुका साथै सिमेन्ट उत्पादनको लागत घटाउने समेत उनको भनाइ छ ।

सिमेन्ट उद्योगको कच्चा पदार्थ भट्टीमा गलाउन कोइला अनिवार्य हुन्छ । त्यसबाहेक अरु मेसिनहरु भने बिजुलीबाट सञ्चालन गर्न सकिन्छ । सिमेन्ट उद्योगको कुल खर्चको २५ प्रतिशत कोइलामा हुने उदयपुर सिमेन्टका पूर्वइलेक्ट्रिक इन्जिनियर सञ्जय लाल बताउँछन् । बिजुलीको सहज उपलब्धताले अरु खर्च भने घटाउन सकिने उनको भनाइ छ ।

त्यस्तै अध्यक्ष ध्रुवराज थापा भन्छन्, ‘बिजुलीको पर्यप्तताले बजार थप प्रतिस्पर्धी बन्दै गएको हामीले पाएका छौं अझै मागेजति बिजुली उपलब्ध भए यसले मूल्य घटाउने छ, प्रारम्भिक रुपमा कम्तीमा बोरामा १० रुपैयाँ मूल्य फरक पर्न सक्छ ।’

नवलपरासीस्थित होङ्सी शिवम् सिमेन्ट उद्योगमा पनि गत कात्तिक २७ गते पहिलो पटक राष्ट्रिय ग्रीडको बिजुली पुग्यो छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>