Breaking News

नारायणी किनारको स्टेजमा ७२ कलाकारले एकैसाथ प्रस्तुति दिने, बन्द प्रशिक्षण सकियो

Banner

चितवन, कात्तिक ७-

नेकपा एमालेको चितवनको नारायणी किनारमा १० गतेबाट सुरु हुन गइरहेको १० औं महाधिवेशनमा एकैसाथ ७२ कलाकारहरुले आफ्नो प्रस्तुति दिने भएका छन् ।

देशभरका बाजासहित विभिन्न जातीय भेषभुषामा सजिएका कलाकारहरुले एकै साथ राष्ट्रिय धुन प्रस्तुत गर्ने गरी तयारी गरिएको राष्ट्रिय जनसांस्कृतिक महासंघ चितवनले जनाएको हो । यसका लागि चितवनको एमाले पार्टी कार्यालयमा बिगत १० दिनदेखि बन्द प्रशिक्षणमा रहेका छन् । कलाकारहरुलाई जनसांस्कृतिक महासंघका केन्द्रीय सचिवालय सदस्य पुष्प आचार्यले प्रशिक्षण दिएका छन् । उनी लामोसमयदेखि नेपाली चलचित्रमा अभिनय र निर्देशक गर्दै आएका कलाकार हुन् ।

जन सांस्कृतिक महासंघ चितवनका सचिव कृष्ण खनालले नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको ७२ वर्ष पूरा भएको अवसरमा ७२ जना वाध्यवाधकहरुको केन्द्रीय सांस्कृतिक टिमले राष्ट्रिय धुन प्रस्तुत गर्ने नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ चितवनमा सांस्कृतिक कार्यक्रमको सबै तयारी सकिएको छ । नेताहरु काशीनाथ अधिकारी र देवी ज्ञवालीले कलाकारहरुको प्रस्तुती हेरिसक्नु भएको छ । थारुको सांस्कृतिक प्रस्तुतिसहित देशभरका जनजातिको भेषभुषा र बाद्यबाधनहरुको धुन प्रस्तुत गरिने छ । चितवनले आठ वटा प्रस्तुति दिने तयारी गरेको छ, हेरौ कतिवटा प्रस्तुत गर्न सकिन्छ । ’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>