अर्थ

रु एक हजार ६०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोवार ?

Banner

काठमाडौँ, मङ्सिर ७ –

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ३०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार ६००ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ८०० कायम भएकामा सोमबार प्रतितोला रु ९३ हजार ४०० पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ले घटेर रु एक हजार २५५ तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०८ डलर आसपासमा कारोबार भइरहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>