देश/प्रदेश
हप्ताको ६ दिन ललितपुर महानगरपालिकाले कारोना खोप लगाउने
०

काठमाडौँ, मंसिर ६-
कोरोना विरुद्धको कोभिशिल्ड र भेरोसिल खोप ललितपुर महानगरपालिकाले आइतबारदेखि शुक्रबारसम्म सबै दिन लगाउन सुरु गरेको छ ।
महानगरपालिकको जनस्वास्थ्य शाखामा बिहान १० बजेदेखि ३ बजेसम्म खोप लगाउने व्यवस्था गरिएको महानगरले जनाएको छ ।
मिति तोकेर खोप कार्यक्रम सञ्चालन गर्दा केही नागरिक खोप लिन असमर्थ भएकोले यस्तो निर्णय लिएको ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए । साताको ६ दिन खोप लगाउने व्यवस्थाले खोप लिन सबैलाई सहज हुने उनको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























